

यस संयुक्त पुरूष संगतिको संयोजक नेपाली ख्रीष्टिय समुदाय मण्डलीका पास्टर श्री माईकल सुब्बा हुनुहुन्थ्यो र उहाँलेनै यो सेवाको सन्चालकको अभिभारा पनि पूरा गर्नु भयो ।

प्रभुको उपस्थितिमा सबै भक्तजनहरूलाई अगुवाई गर्नको लागी श्री अयूब तुलाधर र उहाँको संगितटोली सफल हुनु भयो र सबैले परमेश्वरको उपस्थितिलाई अनुभव गर्न सके ।






यस संयुक्त पुरूष सेवाको वक्ता नेपाली ख्रीष्टियन चर्चका पास्टर श्री लक्ष्मी परसाद लिम्बु हुनु हुन्थ्यो र उहाँले मर्कुस ११: १२–१९ बाट बोल्नु भयो ।

एनसिसियूकेद्वारा आयोजित यो दोस्रो संयुक्त पुरूष संगति थियो र परमेश्वरको अनुग्रहमा धेरैआशिषमय भयो ।

आगन्तुक पाहुनाहरूकोलागि भोजनको पनि राम्रो व्यवस्था गरिएको थियो । परमेश्वरको महिमा भएको होस् ।