NCC नेपाली क्रिस्टियान चर्च कसरी सुचारु भयो ।

नेपाली क्रिस्टियन चर्च कसरी सुरू भयो, बिशेष गरेर श्रीमती पुनम लिम्बु दिदी लाई धन्यवाद छ ।श्रीमती पुनम लिम्बु दिदीले सन २००६ को जुलाई महिनामा ऑंग्देम्बे परिवारलाई फोन मार्फतसम्पर्क गर्नु भयो र संगती गर्ने बिषयमा श्रीमती ऑंग्देम्बे संग फोन मार्फत कुराकानी भयो र साथै श्रीलक्ष्मी लिम्बु ज्यूले श्री मन्जु सुनुवार ज्यूलाई पनी संगती गर्ने बिषयमा सम्पर्क गर्यो। श्री लक्ष्मीलिम्बु ज्यूको बसोबास आर्मी क्वार्टर सोर्नल्किफमा भएको कारणले गर्दा अक्टूबर सम्म पर्खिनुपर्यो किही महिना पछी लगतै श्री लक्ष्मी लिम्बु परिवार फारमबोरो आफ्नो घरमा सरे पछी हामीभेट्ने र संगीत गर्ने कुरा भयो । ऑंग्देम्बे परिवारको अंग्रेजी मण्डलीमा आफ्नो सेवा थियो, श्रीलक्ष्मी लिम्बु ज्यूको पनी आफ्नै सेवा थियो र श्री मन्जु सुनुवार जी को पनी आफ्नो सेवा संगीतथियो हाम्रो आफ्नो आफ्नै सेवा संगती थियो । हामीलाई नेपाली भाषामा सेवा गर्नु पाए राम्रो सहजहुन्छ भन्ने सोच भए अनुसार र सोचेको जस्तो संगीत सेवा हाम्रो आफ्नो बोल्ने भाषामा संगीत सन२००६ सालको अक्टूबर महिना बाट फार्नबोरो संगती सुचारु भयो, हामी हरू ३ परिवार सरसल्हाबमोजिम पहिलो संगती श्री लक्ष्मी लिम्बु दाईको घरमा शनिवार ८ अक्टूबर सन २००६ मा लक्ष्मीलिम्बुको घरमा संगीत भयो, श्री नरेन्द्र ऑंग्देम्बे परिवार र श्री मन्जु सुनुवार परिवार भेला भएर संगतीसुचारु भएको थियो । हामी तिन परिवारको घरमा पालो पालो गर्दै संगीत सेवा गर्नलाई भेला भयौ रसुरू बाटनै संगतीको अगुवाई बचन प्रचार संगीतको रेख देख श्री लक्ष्मी लिम्बु ज्यूले गर्नु भयो लक्ष्मीलिम्बु ज्यूको अनुपस्थितिमा श्रीमती ऑंग्देम्बेलाई बचन र संगतीको अभिभारा जिम्मा दिनु हुन्थ्यो । सन २००६ सालको क्रिसमस उत्सव श्री मन्जु सुनुवार जीको घरमा भएको थियो । फोक्स्टन देखीश्री बेदलाभ राई परिवार, फार्नबोरो लक्ष्मी परिवार र स्याण्डरस्ट बाट नरेन्द्र ऑंग्देम्बे परिवार हरूभेला भएर क्रिश्टमस बडादिनको उत्सव मनोयौ ।
फोक्स्टन देखी श्री बेदलाभ राई परिवार, फार्नबोरो लक्ष्मी परिवार र स्याण्डरस्ट बाट नरेन्द्र ऑंग्देम्बे परिवार हरू भेला
सुबास परिवार र श्री सन्तोष राई, आसफोर्ड बाट श्री रिन्जी गुरँग परिवार, श्री लक्ष्मी राई परिवार र लण्डन बाट शुश्री तिला गुरूँग, श्रीमती मानु राई र महिमा भट्टराई र कमल पुनः सहभागिता थियो ।
सन २००७ सालको नयॉं बर्षको उत्सव पछी हाम्रो सामान्य बैठक भएको थियो । फोक्स्टन झुण्ड, फार्नबोरो झुण्ड र लण्डन ह्यारो झुण्ड यी ३ झुण्डाहरू सामान्य बैठकमा सर सल्लाह को बारेमा उपस्थित थियो ।
बैठक स्थान फोक्स्टन श्री सुबास लिम्बु ज्यूको घरमा भएको थियो ।
सामान्य बैठकमा मुख्य बिषयको बुधा यस बमोजिम थियो ।
1. झुण्ड हरू मिलेर २/२ महिनामा लगातार संयुक्त सेवा गर्ने र प्रभु भोज खाने ।
2. महिनाको दोश्रो हप्ता शनिवारको दिनमा झुण्ड हरू मिलेर संयुक्त सेवा गर्ने भयो ।
3. संयुक्त सेवा होस्ट गर्नेले बक्ताको ब्यब्यसथा गर्ने ।
4. संयुक्त सेवा हुने ठाउ हरू यस बमोजिम भएको थियो । १) फोक्स्टोन संगीत, २) फार्नबोरो संगीत र ३) लण्डन ह्यारो संगीतले संयुक्त सेवा पालो पालो संग संयुक्त सेवा होस्ट गर्ने भयो ।
5. संयुक्त सेवाको होस्ट गर्ने कोर्डिनेटोर हरू फोक्स्टोन संगीत बाट श्री बेदलाभ राई, फार्नबोरो संगती श्री लक्ष्मी लिम्बु र लण्डन ह्यारो संगीत बाट शुश्री तिला गुरूँग ब्यक्ति हरूले जिम्मा लिएको थियो ।
6. झुण्ड हरू मिलेर पहिलो संयुक्त सेवा शनिवार ११ फेब्रुवरी २००७ श्री सुबास लिम्बु ज्यूको घरमा भएको थियो ।
फारनबोरो संगतीमा प्रभु परमेश्वरको आशीष अनुग्रह ले गर्दा प्रभुको दास एल्डर श्री कोगेन रोंगोड. लाई सन २००७ अक्टूबर देखी ८ एप्रिल २००८ सम्म फार्नबोरो संगतीमा शिक्षा दिनु भयो । श्री लक्ष्मी लिम्बु ज्यू परिवार, श्री मन्जु सुनुवार परिवार, श्री सन्तोष राई परिवार र श्री नरेन्द्र ऑंग्देम्बे परिवार लाई यस संगतीको ४ खम्बा भनेर प्रथर्ना गरिदीनु भयो । एल्डर श्री कोगेन रोंगोड. ले फार्नबोरो संगतीलाई भेटी उठाउने सल्लाह दिनु भयो र भेटी उठउनु सुरू गर्यो । एल्डर श्री कोगेन रोंगोड. ज्यूले श्री लक्ष्मी लिम्बु ज्यूलाई सल्लाह दिनु भयो ।अब फार्नबोरो संगीतीको लागी प्रत्येक शनिवार उपवासको प्रार्थना ४ परिवारमा सुरू गर्यो । प्रत्येक शनिवार संगीत हुनु अगाडी उपवासको बस्थ्यो ।परमेश्वरको अनुग्रहले अल्डरसटमा NCC नेपाली क्रिस्टियन चर्च लगातार आराधना सेवा भईरहेको छ ।
Redeem News