एकता नै बल हो। समाजका दाज्यू-भाइहरू आपसमा एकतामा बस्नु असल र मनोहर कुरा हो।

“एकता”: “ना० – सं० परिवार, समाज, संगठन आदिमा एक हुनाको भाव वा अवस्था। (२) एकमत; कुनै विचार वा उद्देश्य आदिमा सबैजना परस्परमा विभक्त नभइ मिलेर बस्ने काम; ऐक्य। (३) निर्बिरोध; समानता; बराबरी। (विपरितार्थकमा) अनेकता; फूट; विभाजन; नमिल्ने; आदी।
“एकता (Unity)”लाई H3162 अनुसार “याखद् (יחד)” भनिन्छ; अनि, G1775 अनुसार ग्रीकमा “हेनोटेस् (ἑνότης)” भनिन्छ। दुवैद्वारा यसको अर्थ हुन्छ— एकबद्धता; एउटै रूप; एउटै तरिकामा बस्नु; एकसाथ जोड़िनु। (लाक्षणिकमा) सहयोगी; साथ दिनु; मेल-मिलापसित सबै मिलेर बस्नु।
एकता अथवा एकमत दुइ विपरित अवस्थामा पाइन्छ— सकरात्म एकता र नकरात्मक एकता।
—सकरात्मक “एकता” दुष्टहरुको संगतमा बस्नुसक्दैन, तर उसले धार्मिकतालाई पछ्याउँछ (भजन.1:1-2)।
—नकरात्मक “एकता” पापीहरुको संगतमा रहन्छ, पापमा सहमत हुन्छन् (मत्ती 5:46; रोमी 1:32।)
मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्।” यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्।” (उत्पत्ति 2:23-24 NNRV)
एकताको नमूना: “जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे।
अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।” (प्रस्थान 17:12-13 NNRV)
सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए। (प्रस्थान 19:8 NNRV)
मोशाले इस्राएलीहरुलाई भने, “के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्नुहुने परमेश्वरको वाणी सुनेको छ र जीवित रहेको छ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्।” (व्यवस्था 4:33, 35 NNRV)
“परमप्रभु नै माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख।” (व्यवस्था 4:39 NNRV)
“धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।” (भजनसंग्रह 1:1 NNRV)
“समाजका दाज्यू-भाइहरू आपसमा एकतामा बस्नु कति असल र मनोहर कुरा हुन्छ।” (भजनसंग्रह 133:1 BSIN)
परमप्रभु भन्नुहुन्छ, “म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्वर छैन। तैंले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु।” (यशैया 45:5 NNRV)
परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई विभक्त (विभाजन) नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु।” (इजकिएल 11:19 NNRV)
होशेको भविष्यवाणी: “यहूदावंशी र इस्राएलीहरू दुवै फेरि एकसाथ मिल्नेछन्, र एउटै नेता नियुक्त गरेर देशबाट निस्कनेछन्, किनभने यिजरेलको दिन महान् हुनेछ।”(होशे 1:11 NNRV)
येशूले यसो भनेर प्रार्थना गर्नुभयो, “तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।
जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्।” (यूहन्ना 17:21-22 NNRV)
“विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।” (प्रेरित 4:32 NNRV)
“आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।” (रोमी 12:15-16 NNRV)
“हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ।” (रोमी 14:19 NNRV)
“स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक।” (रोमी 15:5-6 NNRV)
“…तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्तको विरुद्धमा फूट (विभाजन ल्याउने) र बाधा-विघ्न सृष्टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्गै बस।” (रोमी 16:17 NNRV)
“…तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्। तर तिमीहरू एकै मन र एकै विचारका होओ।” (१ कोरिन्थी 1:10 NNRV)
“आशिष्का त्यो कचौरा जुनको निम्ति हामी आशिष् माग्छौं, त्यो ख्रीष्टको रगतमा हुने सहभागिता हो। त्यो रोटी, जुन हामी भाँच्छौं, ख्रीष्टको शरीरमा हुने सहभागिता हो। किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं।” (१ कोरिन्थी 10:16-17)
“जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ।
आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्न सक्दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्न सक्दैन।
बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखून्।” (१ कोरिन्थी 12:12,21-22,25)
“…सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।” (२ कोरिन्थी 13:11 NNRV)
“अब …न कमारा छ न फुक्का, न त पुरुष न त स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।” (गलाती 3:28 NNRV)
“समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।’ तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्।” (गलाती 5:14-15 NNRV)
“सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ— एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।” (एफिसी 4:2-6 NNRV)
“जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।” (एफिसी 4:13 NNRV)
“तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।” (फिलिप्पी 2:2-5 NNRV)
“परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।” (कलस्सी 3:12, 14 NNRV)
जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ। यस्तो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो। (याकूब 3:15-16)
“व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब 4:4 NNRV)
“तिमीहरू सबैमा आत्माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। खराबीको बदला खराबी नगर्ने अथवा अपमानको बदला अपमान नगर्ने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि यसैको लागि तिमीहरू बोलाइएका छौ, कि तिमीहरूले आशिष् प्राप्त गर्न सक।” (१ पत्रुस 3:8-9 NNRV)
“यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं।” (१ यूहन्ना 1:6 NNRV)
“परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।” (१ यूहन्ना 4:12 NNRV)
प्रभु येशूले भन्नुभयो,
“धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।” (मत्ती 5:9 NNRV)
“आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?” (मत्ती 5:44, 46 NNRV)
“पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।” (मत्ती 18:19-20 NNRV)
“तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।” (मत्ती 23:8 NNRV)
“त्यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब बोल्नेछैन। किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।” (मर्कूस 9:39-40; लूका 9:50)
“यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” (यूहन्ना 13:35 NNRV)
“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।” (यूहन्ना 15:5 NNRV)
“मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।” (यूहन्ना 15:12 NNRV)