
काँहा छ ?
पुर्व छितिजको
अग्लो आकाशमा
उदाउने अर्को ध्रुव तारा
जसको अविरल प्रतिक्षामा
गालिल समुन्द्रमाथि आँखा ओछ्याएर
पर्खिरहेछन अर्को मसिहको पदचिन्ह
उनीहरूको सहरमा
उनीररूकै वंशजबाट
पुर्वमा ध्रुव तारा उदाउँदा
दोषको हात नपखाल्ने
पापको वस्त्र नफुकाल्ने
पथभ्रष्ट बागी सन्तानहरू
कसको निमित्त यो कठोर प्रतिक्षा ?
ताराहरू झर्ने अँध्यारो रातसँग
अब कुनै उज्यालो सपना बाँकी छैन
अँध्यारो आकाशको अग्लो शिखरमा
अब कुनै अर्को नवीन ध्रुव तारा उदाउने छैन
नत आकाश चिरेर आकाशवाणी नै हुने छ !
खुपेन : ब्लू : नोट गीतीकाव्यबाट
Redeem News
Please follow and like us: