
निराश छैन आज म, तर जिबित आशा छ, केवल ख्रिष्ट येसुमा ! यस संसारमा हारे पनि, जितेको आभाष हुन्छ, मेरो आत्मा म !! निराश थियो हिजो, यो मेरो जिवन, हॉंसो पराई भए पछी ! वास्तविक जिवनको अर्थ बल्ल बुझे, ख्रिष्ट येसु लाई पाए पछी !! निराश थिए हिजो, कहिले रून्थे, कहिले हॉंस्थे यो ब्यार्थको हॉंसो ! प्रभु यसुलाई पाए पछी मात्र, बल्ल भए म उहॉंकै अमुल्य जिबनको नासो !! भौतारिएको थिए म, बाटो बिराई थाहा नै थिएन सत्य मर्गको ! बाटो, सत्य र जिबन म नै हुँ भन्ने, आत्माको आवज सुने, मैलै प्रभु येशुको !! ख्रिष्ट येशुलाई बिश्वास गरेर, जुन शान्ती र आनन्द, आज मैले पाएको छु ! त्यसैले त आज भन्दछु, यो संसारलाई, मरेको म मान्छेले जिबन पाएको छु !! ख्रिष्ट बिनाको जिबन केवल धागो चुडिएको चंगा जस्तो, हुन्छ हाम्रो ! संसारको क्षणिक सुख भोग्नु भन्दा ख्रिष्टमा आनन्द जिबन खोज्नु कति राम्रो !! Redeem News
Please follow and like us: