
नेपालीहरू बिश्वको जुनसुकै ठाउमा बसेता पनी नेपालमा समस्या पर्दा सहयोगका लागी सधै अग्रसर भईरहेको हुन्छन् । सहयोग पठाउने र खटिएर सहयोग गर्ने कोमल हृदयले दिने बानी छ। बेलायतमा संचालनमा रहेको एउटा उदाहरणिय च्यारिटी संस्था ‘रिडीम फण्डस’ गैर लाभकारी इसाइ च्यारिटी संगठन नेपालमा सहयोग गरेको समाचार प्राप्त भएको छ । कुनै पनि जात,धर्म, रंग नभनि निस्वार्थ सेवा गर्दै गरिवी निवारण, टुहुरा बालबालिकाको संरक्षण, मिसनको काममा टेवा पुर्याउने, प्राकृतिक प्रकोप र मानविय संकट विपदको बेलामा राहात सहयोग गर्ने कामलाई रिडीम फण्डस ले निरन्तरता दिई रहेको छ। बेलायतमा नेपाली ईसाई हरूको पहिलो उदाहरणिय परोपकारी संस्था हो । यो रिडीम फण्डस च्यारिटी संस्थालाई स्पोन्सरहरू र सहयोगी कर्ताहरू आवश्यक जरूर छ ।

हालै नेपालको बिभिन्न ठाउमा आएको बाढी र कोभीड महामारीले प्रभावित छेत्रहरुमा पनि हाम्रो परोपकारी ईसाई संगठनले सके जति राहातको काम गर्दैछौ र भविष्यमा पनि गर्नेछौ भन्ने कुरा रिडीम फण्डस का समुह बाट ब्यक्त गर्नु भएको छ। हाल बाढीले छति पुर्याएको ठाउ हेलम्बुमा पनि नेपाल रहेका अरू संस्था र चर्चहरूसंग आबध्द भयर रिडीम फण्डस ले राहात सामान पुर्याउन सफल भएको छ। यसको साथै नेपालगन्ज बाँकेमा पनि कोभीड ग्रस्त भएर भेरी अस्पतालमा रहेका बिरामी तथा उहाहरुको परिवारहरू साथै त्यहाका दीनदुखीहरूको निम्ती बिहान बेलुकाको खाना राहात स्वरूप बितरण गरियोस भनेर अन्जनी माता रसोई क्यानटिनलाई राहात स्वरूप खाद्यान्न उपलब्ध गराइएको छ। साथै काठमाण्डौ, ललितपुर,भक्तपुर जिल्लामा पनि कोभीड कारणले निकै अप्ठ्यारोमा परेका परिवारहरूमा पनि राहात बाढ्ने काम रिडीम फण्डस ले गर्दै आएको छ नेपाल गन्ज ग्यालेरी अन लाईन समचार लिखिएको छ ।
Redeem News