शनिवार १६ ओक्टुबर २०२१ तद अनुसार (NCCUK) Nepali Christian Churches United Kingdom को ट्रष्टी एक्जीक्यूटिव बडीको सन्चालक समिति सदस्य एल्डर/पास्टर श्री मैखल लिम्बु, श्रीमती पुर्ण लिम्बुको छोरा श्री ग्रेस लिम्बु छोरा, श्री तुल गुरूँग, (NCCUK) London Regional Coordinator श्रीमती चन्द्र गुरूँग को छोरी शुश्री सजनी गुरूँग संग पवित्र विवाह Hounslow Holy Trinity Church मा भएको थियो । पवित्र विवाह को कार्यक्रम सन्चालन श्री अनिल जंग थापा बाट भयो र पास्टर श्री अब्राहाम श्रेष्ठ ज्यू द्वारा विवाह दिनु भयो । अशिष् को प्राथर्ना संयम दुलाहाको बाबा एल्डर/पास्टर श्री मैखल लिम्बु ज्यूले गर्नु भयो । परमेश्वर को बचन पवित्र बैबल पुस्तक बमोजिम पवित्र बिवाहा समापन भएको थियो ।

विवाह पस्चात सबै पहुना हरुलाई साहनादार एकाडमी हलमा लगेको थियो । बिवाहाको उत्सवमा मनाउनु मिठो भोजन उत्कृष्ट भब्य ब्यबास्था भएको थियो । बाल बालिकाहरुको लागी स्वीट क्यान्डी हैयर गरेको थियो । यस गुलियो बाट सबै जनाले खाएर बहुत रमाईलो गर्यो । उखान नै छ जता गुलियो उतै भुलियो भनै अनुसार त्यो मनोरंजन को माहौल सीरै रमैयलो थियो । प्रोफेशनल ६/७ जना जस्तो फोटो ग्राफरहरू र DJ पनी हैयर गरेको थियो । साहनादार एकाडमी हलमा उपस्थित आगान्तुक सबै पाहुना जनाले धेरै रमाईलो संग बिवाहाको उत्सव मनाई हरेको थियो । नेपाली क्रिस्चियन चर्चेस (NCCUK) को केही मण्डलीहरू बाट परेश्वरको गीत र नाच नृत्य प्रस्तुत गरिएको थियो ।
सबै आगान्तुकहरू भोजन लिए सके पछी दुल्हाह र दुल्हही लाई भेटेर आशिर्बाद र बधाई दिने काम भएको थियो । त्यो साहनादार हलमा फूलै फूलले सझाएको ठाउमा दुलाहा र दुलही संग तस्वीर खिच्ने काम पनी भयो । लामो समय पेन्डामिक भएको कारण बाट भेट घाट र पार्टी गेट टुगेदर रोक भएको थियो । सरकारले सबै रोक हटाए पस्चात पवित्र विवाह कार्यक्रम सन्चालन गर्ने ठूलो मौका मिल्यो र सबै भेटघाट को अवसर भयो । यो बिवाहाको समारोहमा सबैले मनोरंजन र कुराको आदन प्रदान गरिरहेको थियो । नवं दान्पती जोडीलाई परमेश्वरले प्रसस्ती मात्रामा आशिष र उज्वल भबिश्य होस । हामी सबै बिश्वासीहरूले हाम्रो त्रिएक परमेश्वर पिता संग लगातार प्रार्थना गरौ । God bless,
Redeem News